विश्वकप छनोट : युएईद्वारा नेपाललाई ४२ रनको लक्ष्य

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक

आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि ४२ रनको सामान्य लक्ष्य दिएको छ। १७ ओभर ३ बलमा अलआउट हुँदै युएई ४१ रनमा समेटियो।

युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन्। अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन्। यस्तै युएईका नेहा शर्माले ६ रन तथा इशानी सिनिभिरत्ना र काभिषा कुमारीले समान ४/४ रन जोडिन्।

युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ३ ओभर ३ बलमा ६ रन खर्चेर ४ विकेट लिईन्।  यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २/२ विकेट लिए ।

छनोट प्रतियोगिताका सुरुवाती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । उसले ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो महिना थाईल्याण्डमै भएको टी ट्वान्टी स्म्यासमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो।