भूमि व्यवस्थाको सुधार तीनवटै तहमा पुग्ने:मन्त्री अर्याल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
फागुन १३, काठमाण्डौ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तीनवटै तहमा कामको अवरोध नगर्नका लागी छुट्टाछुट्टै रुपमा काम सुरु गरेको बताएकी छिन्।

सिहदरबारमा सोमबार बसेको कृषि समिति बैठकमा उनले भूमि व्यवस्थाको सुधार संघबाट सुरु भई प्रदेश र स्थानीय तहमा पुग्ने बताईन । उनले जनताको निम्ती राम्रो हुने काम गर्ने बताईन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणको सुधारका लागी नीतिगत व्यवस्थामा सरकार लागेको उनको भनाई छ । उनले भूमीको चक्लाबन्दी राष्ट्रियकरण गर्ने दिशामा सरकार अघि बढ्ने सोचमा नरहेको स्पष्ट परिन् । मन्त्री आर्यालले यसअघि भएका कामको निरन्तरता सरकारले दिने पनि स्पष्ट परिन्। उनले भूमिसुधारका बारेमा ढिलाई नगरिकन व्यवस्थीत गर्नका लागी नै मन्त्रालयले आगामी काम तय गर्ने जिकिर गरिन्।

भू–उपयोग सम्वन्धी विधेयकमाथि भएको छलफलमा उनले जग्गाको बर्गिकरण र उपयोगका लागी सम्यन्त्र निर्माण गरिने ऐन निर्माण हुने पनि बताईन ।