आहा रारा गोल्डकप : डफिन्स सेमिफाइनलमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
कास्की, १४ फागुन

क्यामरुनको डफिन्स एफसीले नेपाल पुलिस क्लबमाथि सङ्घर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

आजको अन्तिम क्वार्टरफाइनल खेलमा भिड्दा डफिन्सले पुलिसमाथि २–१ को जीत निकाल्यो । पहिलो हाफको ३७ मिनेटमा डफिन्सका वियिक एन्ड्रेले गोल गर्दै स्तब्ध पारे । खेलमा फर्कन पुलिसले अन्तिमसम्म कठिन सङ्घर्ष गर्नुप¥यो । निर्धारित समयमा थप गरिएको चार मिनेटको इञ्जुरी समयको अन्तिम मिनेटमा पुलिसका सुमन सुवेदीले गोल गर्दै पुलिसलाई खेलमा फर्काए ।

खेल एक÷एकको बराबरी भएपछि थप गरिएको २० मिनेटको अतिरिक्त समयको पाँचौँ मिनेटमा एन्डेम्बा योनाको गोलबाट पुनः डफिन्सले अग्रता लियो । बराबरीका लागि अन्तिमसम्म प्रयास गरेको पुलिस क्लबले प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।

अतिरिक्त समयको अन्तिम मिनेटमा विपक्षी खेलाडीलाई दुव्र्यवहार गरेका पुलिसका हरि कठायत रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पुलिस १० खेलाडीमा सीमित भएको थियो । आजको खेलमा डफिन्सका वियिक एन्ड्रे ‘म्यान अफ दी म्याच’ बन्न सफल भए । उनले नगद रु पाँच हजार तथा ट्रफी हात पारे । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार थ्री स्टार र सशस्त्र प्रहरीको एपिएफ क्बलका बीचमा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । रासस