आफू वायु सेनामा हुँदा बलात्कृत भएको एक अमेरिकी सिनेटरको भनाई

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
वासिङ्टन, २३ फागुन

एक जना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ ।

आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गर्नुभएको छ ।

सेनाबाट हुने यौनजन्य हिंसाको सुनवाईका लागि बनेको उपसमितिमा उहाँले सो कुरा बताउनुभएको हो ।

सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरुपयोग गरी यस प्रकारको हिंसा गरेको म्याकसेलीले बताउनुभएको छ ।

एरिजोना राज्यबाट सिनेटर पदमा पुग्नु भएकी ५२ वर्षीया म्याकसेली सन् १९८८ बाट २०१० सम्म अमेरिकी वायु सेनामा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ कर्नल पदबाट अवकाश हुनु भएको समाचारमा जनाइएको छ । आफू बलात्कृत भएको अवस्थामा उनले बलात्कारीको प्रत्यक्ष विरोध नगरेको र धेरै वर्षको अन्तरालपछि म्याकसेलीले यस यौन अपराधलाई बाहिर ल्याउनु भएको हो ।

‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिए जस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीले बताउनुभयो ।

म्याकसेलीको अभियोगबाट आफूहरु स्तब्ध र दुःखी भएको अमेरिकी वायुसेनाले निकालेको एक विज्ञप्तिमा जनाइएको छ ।

म्याकसेलीलाई नौसेनाको एक टुकडीलाई कमाण्ड गर्दै युद्धक विमान चालकका रुपमा पहिलो अमेरिकी महिलाको रुपमा पनि हेरिन्छ । रासस/सिन्ह्वा