भारतको आमचुनाव सात चरणमा हुँदै

अप्रिल ११ देखि मे १९ सम्म चरणबद्ध निर्वाचन, नरेन्द्र मोदी र राहुल गान्धीको राजनीतिक भविश्य मे २३ मा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, फागुन २६

भारतको लोकसभा निर्वाचन सात चरणमा हुने भएको छ।

सन २०१९ को लोकसभा निर्वाचन अप्रील ११ मा सुरु भएर मे १९ सम्ममा एक महिना ८ दिन लगाएर ५४७ सिटका लागि चरणबद्ध निर्वाचन गर्ने जानकारी भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनील अरोराले आइतबार पत्रकार सम्मेलनमार्फत दिएका हुन्।

प्रमुख आयुक्त अरोराका अनुसार पहिलो चरणमा २० राज्यका ९१ सीटका लागि निर्वाचन सुरु भएपछि पश्चात १८ अप्रिलमा ९७ सीट अप्रील २३ मा ११५ सीटमा निर्वाचन हुने छ। चौथो चरणको निर्वाचन अप्रील २९ मा ७१ सीट, पाँचौ चरणको निर्वाचन मे ६ मा ५१ सीटका लागि, छैटौँ चरणको निर्वाचन मे १२ मा ५९ र सातौं तथा अन्तिम चरणको निर्वाचन मे १९ मा ५९ सीटका लागि निर्वाचन हुने छ।

यसरी मतदान भएपछि निर्वाचन आयोगले मे २३ तारिकमा एकैपटक मतगणना सुरु गर्नेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी गठबन्धनका नेता राहुल गान्धीको आगामी पाँच वर्षको राजनीतिक भविश्यको टुंगो मे २३ मा मतगणना सुरु भएपछि हुने छ।

सन २०१४ को निर्वाचनमा भारतीय संविधान बमोजिम सामान्य विपक्षी दलको हैसियत समेत कायम गर्न नसकेको भारतीय राष्ट्रिय कांग्रेस र यसका नेता राहुल गान्धी पछिल्लो पाँच प्रदेशमा भएको विधान सभा निर्वाचनबाट उत्साहित भएर मोदीको विरुद्ध आक्रमक रुपमा निर्वाचन प्रचार अभियानमा उत्रिएका छन्।

उता भारतीय प्रधानमन्त्री मोदी आफू भारत र भारतीय जनताको संमृद्धीका लागि फेरि सरकारको नेतृत्व लिन सबै शक्ति प्रयोग गरेर निर्वाचन मैदानमा विपक्षी विरुद्ध उत्रीएका छन्।