ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
साओ पाउलो, फागुन ३०

ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन् तर यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा आठ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् । रासस÷एएफपी