न्यूजिल्याण्डको मस्जिदमा फिल्मी शैली भयाे बर्बर आक्रमण!

प्रधानमन्त्री आर्डनले भनिनः इतिहासको कालो दिन, फेसबुकमा लाइभ भिडियो देखाएर आक्रमणकारीले ढलायाे निहत्था सर्वसाधरणलाई

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत १

न्यूजिल्याण्डको मस्जिदमा फिल्मी शैली भयाे बर्बर आक्रमण!

प्रधानमन्त्री आर्डनले भनिनः इतिहासको कालो दिन, फेसबुकमा लाइभ भिडियो देखाएर आक्रमणकारीले ढलायाे निहत्था सर्वसाधरणलाईhttps://himaldainik.com/2019/03/15/60934/

Posted by Himal Dainik on Friday, March 15, 2019

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित एक मस्जिदमा शुक्रबार एक आतंककारीले अन्धाधुन्ध गोली चलाउदा ४९ जनाको ज्यान गएको छ।

शुक्रबार स्थानीय मुस्लिम समुदायका मानिसहरुले अपरान्हको नमाज पढे लगत्तै सेनाको पोषकमा अत्याधुनिक बन्दुकसहित मस्जिदमा प्रवेश गर्दै अन्धाधुन्ध गोली चलाएको थियो।

उक्त घटनामा ५० जना घाइते भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।

आक्रमणकारीले पूर्ण तयारीका साथ मस्जिदमा प्रवेश गरेदेखि त्यहाँ रहेका सर्वसाधारण मानिसलाई गोली हानी हत्या गर्दासम्मको अवस्थाको लाइभ भिडियो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको थियो।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आर्डनले उक्त घटनालाई आतंकारीको बर्बर आक्रमणको संज्ञा दिएकी छिन्।

राष्ट्रिय संचारमाध्यम मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री आर्डनले आजको दिनलाई न्यूजिल्याण्डको कालो दिनका रुपमा चित्रण गर्दै यो अहिलेसम्मकै ठूलो आतंकारी आक्रमण भएको र यस्ता आतंककारीलाई न्यूजिल्याण्डमा मात्र होइन विश्वको कहि पनि स्थान नरहेको अभिव्यक्ति दिएकी छिन्।

अत्यन्त भावुक मुद्रामा प्रधानमन्त्री आर्डनले अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही चलाइने तथा नागरिकको जीउधनको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताएकी छिन्।

समाचार सूत्रका अनुसार त्यहाँको पुलिस प्रशासनले एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ।

मस्जिदमा बर्बर आक्रमण गर्ने आक्रमणकारी २८ वर्षीय अष्ट्रेलियन युवक ब्रेंटन टैरेंट भएको न्यूजिल्याण्ड पुसिले बताएको छ। आफू मस्जिदमा प्रवेश गर्नेदेखि त्यहाँ रहेका मानिसहरुमाथि हमला गर्दाको लाइभ भिडियो आफ्नो फेसबुकबाट प्रसारण गरेपछि अहिले त्यो १६ मिनेटको भिडियो भाइरल भएको छ।