मेलौली नगरपालिकामा एनसीसी बैंकको शाखा स्थापना

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत ३

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि.ले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७, मेलौलीमा शाखा कार्यालय स्थापना गरी सेवा सञ्चालन गरेको छ।

एनसीसी बैठकको शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्णसिंह नायक र बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले २०७५ चैत्र २ गते, शनिबार संयुक्त रुपमा एक औपचारिक कार्यक्रमकाबीच समुद्घाटन गरेको एनसीसी बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

नगरपालिका प्रमख नायकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण समेत गरेका थिए।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक महेन्द्रबहादुर चन्दले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए।