एलजीका डिलरहरु कोरिया भ्रमणमा मस्त

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत ५

चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलोक्ट्रोनिक्स लगायत घरायसी सामाग्रीको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सीजी इलोक्ट्रोनिक्स प्रा. लि.ले आफ्ना (डिलर) विक्रेताहरुलाई कोरिया भ्रमणमा लगेको छ।

सीजी ग्रुप कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार आफ्ना विक्रेताहरुलाई ‘इन्ज्वे एण्ड ह्याभ ए ग्रेट ट्रिप टु कोरिया २०१९’ भन्ने नाराका साथ उनीहरुलाई भ्रमणमा लगेको बताइएको छ।

प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्न विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ।

यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ एलजीले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलरहरुलाई कोरिया भ्रमणमा लगिएको कुरा विज्ञप्तिमा उल्लेख छ।