रङहरुको चाड होलीमा झुम्यो देश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत ६

रङहरुको पर्व फागु पूर्णिमाको दिन बुधबार देशभरीको पहाडी र हिमाली भेगका नागरिकहरुले एकआपसामा रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइरहेका छन्।

विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर बिहानैदेखि मनाउने कार्य भएको छ।

तराइका जिल्लामा भने भोलि त कतिपय ठाउँमा भोलि बिहीबार परेको कारण पर्सी शुक्रबार होली मनाइन्छ।

चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ।

आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा युवती सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन्।

विभिन्न थरिका रङ अनुहारमा दलेर उनीहरु एकापसमा होली पर्वमा रमाइरहेका छन्। आपसी खुशी साटासाट गरेर मनाउँदै एक अर्काबीच भाइचारा बढ्ने मान्यतामा होलीको आफ्नै विशेषता रहेको छ।

काठमाडौको बसन्तपुरमा नेपालीहरुको रमाइलोमा बिदेशीबाट नेपाल घुम्न आएका कतिपय पर्यटकहरुले पनि होली पर्वमा रमाइरहेका छन्।

पौराणीक ग्रन्थ अनुसार हिरण्यकश्प नामका अहंकारी राजाले आफ्नो पुत्र प्रह्रलादको भगवान विष्णुप्रतिको समर्पणभाव देखेर आक्रोसित हुँदै

आफ्नै पुत्रको हत्याको आदेश दिए। दाजुको कुनै समय आगोबाट नजल्ने वरदान पाएकी उनकी बहिनी होलीकाले दाजु हिरण्यकश्पको आदेश वमोजिम प्रह्रलादलाई काखमा लिएर अग्नि कुण्डमा प्रवेश गरी मार्न खोज्दा भगवान विष्णुको शक्तिका कारण होलीका आगोले जलेर मृत्यु भएपनि प्रह्लादलाई केही नभएको खुशियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ।

होलीको दिनमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन्।