जम्मु काश्मिरः साथीको गोलीबाट तीन प्रहरी जवानको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
उधमपुर, ७ चैत

भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो । रासस/एएनआई