दुई जनाको हत्या

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
खाँदबारी, ८ चैत

खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन् ।

खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा सञ्जय राईले बिहीबार ६२ वर्षीय बुबा भुवनसिंहको हत्या गरेको वडाध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो । हत्यामा संलग्न सञ्जय फरार छन् ।

यस्तै मकालु गाउँपालिका–४ मा स्थानीयवासीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट मकालु–४ का ५० वर्षीय लेले भोटेको मृत्यु भएको हो । भोटेले गत फागुन १७ गते सोही गाउँकी ४९ वर्षीया हेममाया राईलाई हातपात गर्न खोजेको विषयलाई लिएर स्थानीयवासीले उनलाई कुटपिट गरेका हुन् । उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस