राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश (प्रत्यक्ष प्रशारण)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत १०

काठमाडौं उपत्यकामा ४० माइक्रोग्राम भन्दा तलको साइजको प्लाष्टिक प्रयोगमा सरकारले लगाएको प्रतिबन्ध पूर्ण रुपमा कार्यान्वयनको माग गर्दै राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु विमला राई पौडेल, रामनारायण विडारी र कालीबहादुर मल्लले संयुक्त रुपमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आइतबारको बैठकमा छलफल हुने संसद सचिवालयले जनाएको छ।

२०७२ साल वैशाख १ गतेदेखि तत्कालिन सरकारले उपत्यकामा न्यून गुणस्तरका प्लाष्टिक झोला प्रयोगमा रोक लगाएपनि व्यवहारमा उक्त निर्णय कार्यान्वयन नहुँदा उपत्यकाको वातारणमा नकरात्मक असर पर्दै आएको छ।