युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।
सन् २०१८ को डिसेम्बर २८ बाट स
न् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित भएको सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष युक्रेनभर ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए ।

सन् २०१७ मा भने ४ हजार ७८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए । विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या द्रूत रुपमा बढेको बाल विकास कोष (युनिसेफ) ले जानकारी दिएको छ ।

सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस रोगको संक्रमणबाट बच्न सकिने उपायहरुको अवलम्बन यथेष्ट मात्रामा गर्न नसकिएकोले दादुराको संक्रमण फैलिने दर बढ्दै गएको स्वास्थ्य अधिकारीहरुको दाबी छ । रासस ÷सिन्ह्वा