अभिनेतृ जयाप्रदा भाजपामा छिरेपछि, ‘विहारीबाबु’ कांग्रेसको उम्मेदवार बन्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

भारतमा आसन्न आम निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका चर्चित अभिनेता र अभिनेतृहरुले सिनेमाको पर्दामा जस्तै कलाकारिता देखाउँदै दल बदल गरेका छन्।
समाजवादी पार्टीबाट राजनीतिमा सक्रिया भारतीय अभिनेतृ जयाप्रदाले मंगलबार सत्तारुढ भारतीय जनता पार्र्टी (भाजपा)को पार्टी सदस्यता लिनुका साथै उत्तरप्रदेशको रामपुरबाट लोकसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न सफल भएकी छिन्।

उता सत्तारुढ भाजपा र यसको नेतृत्वविरुद्ध विद्रोह गर्र्दै संचारमाध्यममा छाएका अभिनेता तथा राजनीतिकर्मी सत्रुघन सिन्हा पूर्व अनुमान वमोजिम विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

भारतीय कलाकारिता क्षेत्रमा विहारी बाबुको नामले परिचित सिन्हा लामो समयदेखि भाजपाको राजनीतिमा पनि छुट्टै हैसियत राख्दै आएका अभिनेता सिन्हाले बिहीबार एक विशेष कार्यक्रमकाबीच कांग्रेस पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको कांग्रेस नेता एवं संसद अखिलेशप्रसाद सिंहलाई उद्रीत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

बिहारको पटनबाट लोकसभा सदस्यमा दुई पटक निर्र्वाचित भइसकेका सिन्हाले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहको कार्यशैलीको आलोचना गर्दै आफूले पार्टीमा लामो समयदेखि इमान्दारीताकासाथ काम गर्दै आएपनि पछिल्लो समय पुराना नेता कार्यकर्ताको मूल्यांकन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

त्यसबाट असन्तुष्ट बनेको भाजपा नेतृत्वले सिन्हालाई उम्मेदवारको सूचिबाट हटाएर उनको निर्वाचन क्षेत्रमा केन्द्रीय मन्त्री रविशंकर प्रसादलार्ई उम्मेदवार बनाएपछि सिन्हा पुरानै निर्वाचन क्षेत्रमा कांग्रेसको उम्मेदवार बन्दै मन्त्री रविशंकर प्रसादलाई टक्कर दिन सक्ने बताइएको छ।
केन्द्र सरकारको मन्त्री बन्ने आशामा बसेका सिन्हालाई मोदी र अमित शाहले कुनै मतलब नगरेपछि केहि महिना अघि उनी कोलकातामा आयोजित विपक्षी गठनबन्धनको संयुक्त सभामा पुगेर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग हात मिलाएका थिए।

 

त्यतिमात्र होइन, सिंगो नेतृत्व नै कांग्रेस पार्टी र त्यसको नेतृत्वविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भइरहेको बेला सिन्हाले भने कांग्रेस अध्यक्ष राहुल गान्धीको प्रशंसा गरेका थिए भने मोदी र शाहले भाजपालाई ‘टु म्यान आर्मी’को संगठन बनाएको आरोप लगाएका थिए।एजेन्सीकाे सहयाेगमा