गोदरेजका सामाग्री खरिदमा आकर्षक नगद छुटको घोषणा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत १३

विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनहरुको लागी प्रख्यात गादरेज ब्राण्डले नेपाली नयाँ वर्ष २०६७ लाई लक्षित गरी आकर्षक नगद छुटको घोषणा गरेको छ।

गादरेज ब्राण्डको आधिकारिक विक्रेता रहेको नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तर्गत इओल प्रा. लि.ले आगामी नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई उक्त ब्राण्डका सामाग्री खरिदमा २५ प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको इओल प्रा. लि.ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार, भोली चैत १४ गतेदेखि सिमित अवधिका लागि घोषणा गरिएको नगद छुट अफरमा एयर कण्डीसनर जडानमा कुनै शुल्क नलाग्ने बताएको छ।

विगत ६० वर्षको इतिहास बोकेको गोदरेज ब्राण्डले आफ्नो ग्राहकमाझ उक्त अफर सम्पूर्ण घरायसी सामाग्री जस्तै, रेफ्रीजिरेटर, वासिङ मसिन, चेष्ट फ्रिजर, माइक्रोवेभ ओभनमा ल्याएको हो।

गोदरेज ब्राण्डले रेफ्रीजिरेटरमा १० वर्षसम्मको कम्प्रेसर वारेन्टी तथा फूल अटोमेटिक वासिङ मेसिनहरुको खरिदमा पनि १० वर्षसम्मको वारेन्टी प्रदान गर्दै आएको छ।