जम्मु काश्मिरबाट मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
जम्मु काश्मिर, भारत, १३ चैत

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्नुहुने भएकोछ ।

उहाँको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी (भाजपा)का महासचिव राम माधवले बुधबार जानकारी दिनुभयो ।

“प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्नुहुनेछ, र अभियानका लागि उहाँ जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,” राम माधवले भन्नुभयो ।

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाँउप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने उहाँको भनाई छ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् ।

“ती पार्टीहरुले बहिस्कार गरेको निर्वाचन मार्फत् तल्लो तहबाट उनीहरु नेता चाहेका छैनन्, त्यसैले उनीहरुले बहिस्कार गरेका हुन्,” उहाँले भन्नुभयो ।

सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो । जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो ।

अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । अप्रिल ११ बाट सुरु भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ । रासस÷एएनआई