टिसीएलको ‘लकरमा भयंकर’ अफर सुरु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत १५

विश्वकै उत्कृष्ट ब्राण्डद्वारा सम्मानित ‘टिसीएल द क्रिएटिभ लाइफ’ले यस नयाँ वर्ष २०७६ लाई लक्षित गरी मनै लोभ्याउने नगद फिर्ता तथा तथा “लकरमा भयंकर अफर” ल्याएको छ।

अमेरिकाकी बजारका साथै एशियाको बजारमा समेत उपभोक्ताको लोकप्रिय ब्राण्ड बन्न सफल टिसीएल ब्राण्ड नेपालमा पनि ग्राहकहरुको उच्च रोजाईमा पर्न थालेको छ।

यस वर्ष टिसीएल ब्राण्डले नयाँ वर्षलाई लक्षित गदर्,ै ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५% सम्मको नगद फिर्ता गर्ने घोषणा उक्त ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तरगत सीजी इलोक्ट्रोनिक्सले शुक्रबार विज्ञप्ति जारी गरेको हो।

यस वर्ष थप र पृथक उपहार आयोजना पनि बजारमा ल्याएको कम्पनीले जनाएको छ। ‘लकरमा भयंकर’ नाराका साथ घोषणा गरिएको उपहार आयोजनामा उपभोक्ताहरुले केहि सर्तहरु भने पालना गर्नु पर्ने छ।

जसमा उपभोक्ताले ४० इन्चभन्दा माथिको स्मार्र्ट टिभी खरिद गर्नु पर्ने छ। यसरी खरिद पश्चात ग्राहकले विक्रेताबाट एउटा स्क्र्याच कार्ड पाउने छन्। उक्त कार्डमा ग्राहकले सिओर सर्ट गिफ्ट अथवा की पाउने छन् र उक्त की प्राप्त गर्ने उपभोक्ताले आफ्नो कार्ड सुरक्षित राख्नु पर्नेछ। अन्त्यमा कम्पनीले एक कार्यक्रमको आयोजना गरी लकरमा भयंकर उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ।

उक्त योजना चैत १५ देखि देशभर सिमित अवधिकालागि प्रदान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

टिसीएल ब्राण्डले २० ईन्च देखि ६५ ईन्चसम्मको स्मार्ट र ननस्मार्ट मोडलका टिभीका अतिरिक्त गुगल एनरायड टिभी पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।