भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवार

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिनुभएको छ ।

भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अध्यक्ष शाह अहिले राज्यसभा सदस्य हुनुहुन्छ । उहाँले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिनु भएको हो ।

शाहले उम्मेदवारी दिनु भएको गान्धीनगर निर्वाचन क्षेत्रमा यसअघि भाजपाकै वरिष्ट नेता लालकृष्ण आडवाणीले निर्वाचन जित्नु भएको थियो ।

गृहमन्त्री राजनाथ सिंह, पञ्जाबका पूर्व मुख्यमन्त्री प्रकाशसिंह बादल, यातायात मन्त्री नितिन गड्करी, शिवसेना प्रमुख उद्धव ठाकरे, लोक जनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र भाजपाका राष्ट्रिय महासचिव राम लाल लगायतको उपस्थितिमा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको भाजपाका सचिव महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्ता गर्नुअघि उहाँले अहमदावादको नारायणपुरमा आयोजित वृहत चुनावी ¥यालीलाई सम्बोधन गर्नुभएको थियो ।

भारतमा आगामी अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ । रासस/एएनआई