सि.जी.को ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नयाँ उपहार योजना बजारमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत १८

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी.ले यसपालीको नयाँ वर्षलाई लक्षित गर्दै आप्mनो ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ।

सि.जी. कम्पनीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार, यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८% सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन्।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८% सम्मको बचत प्राप्त गर्न सक्ने छन्।

सि.जी. ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८% सम्मको बचत तथा सि.जी. ब्राण्डका विभिन्न वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त गर्न सक्नेछन्।

यसैगरी सि.जी. ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको छ।

यो आकर्षक योजना कम्पनीले चैत्र १८, २०७५ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको कम्पनीले जनाएको छ।