रद्द भएको एसइई परीक्षा चैत २२ देखि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
भक्तपुर, १८ चैत

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए ।

लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुन: सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए । अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उनले जानकारी दिए । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ । रासस