नयाँ वर्षमा एल.जी.ले दियो ‘खुशीको अपग्रेड’

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २०

नयाँ वर्ष २०७६ को उपलक्ष्यमा देशकै प्रतिष्ठित चौधरी ग्रुप अन्तरगत एल.जीले विशेष नयाँ वर्ष छुट योजना बजारमा ल्याएको छ।

खुशीको अपग्रेड नामक यस योजना मार्फत एल.जी.का टेलिभिजन तथा साउण्ड सिस्टमको खरिदमा ४३ प्रतिशतसम्मको नगद छुट पाउन सक्ने एल.जी. कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यसका साथै एल.जी.का टेलिभिनजहरुमा २ वर्षको वारेण्टी समेत रहेको छ।

त्यसअतिरिक्त सिंगल डोर रेफ्रिजिरेटरको खरिदमा २० प्रतिशतसम्मको नगद छुट (फिर्ता), डब्बल डोर रेफ्रिजिरेटरमा मिक्सर ग्रिन्डर, साइड बाइ साइड रेफ्रिजिरेटरमा भ्याकुम क्लीनर, एसीमा फ्रि जडान र माईक्रो वेभ ओभनको खरिदमा कुकिङ किट्स पाउने पनि कम्पनीले जनाएको छ।

एल.जी.का फ्रन्ट लोढ वासिङ मेसिनमा हट पट, टप लोड वासिङ मेसिनमा आइरन, डिस वासरमा डिटरजेन्ट, भ्याकुम क्लीनरमा २० प्रतिशतसम्मको क्यास व्याक र चेष्ट फ्रिजरको खरिदमा १७ प्रतिशतसम्को छुट दिने घोषणा गरेको छ।

यो योजना नेपालभरी चैत्र २० गतेदेखि सिमित अवधिको लागि मात्र लागू गरिएको छ।