बिना मेकअप र चस्मामा मिस नेपाल? दिस इज डिस-रेस्पेक्ट!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २१

मिस नेपाल/ हिडन ट्रेजरले हरेक वर्ष नेपालमा हुदै आएको छ। यस कार्यक्रमको उद्देश्य नेपाली महिलाहरु रहेको क्षमता र प्रतिभालाई उजागर गर्ने कार्यक्रमको रुपमा लिइन्छ,जसमा तीन स्तम्भको खोजी हुन्छ व्यक्तित्व,नेतृत्व र महिला शशक्तिकरण। विगत २४ वर्ष देखि हुदै आएको मिस नेपाल/ हिडन ट्रेजर यस वर्ष पनि हुन लागेको छ। मे ९मा हुन लागेको मिस नेपालको अडिसन अहिले धमाधाम भई राखेको छ ।

पछिल्लो समय अडिसनको सानो क्लिप बाहिरिय पछि अहिले त्यो भिडियो निकै चर्चामा आएको छ। जसमा जूरी सदस्यका रुपमा रहेकी रचना गुरुङले एक सहभागीलाई विना मेकअप आएकोमा आफ्नो असन्तुस्टी जनाएकी छिन्। विना मेकअप र चस्मा लगाएर अडिसनमा उपस्थित हुन आएको भन्दै झपार्दै गुरुङले यो आफुहरुको अनादर गरेको र डिस-रेसपेक्ट भयो भन्ने विवादित अभिव्यक्ति दिएकी छिन्।

उक्त सहभागीले आफ्नो परिचय दिदा उनि कम्प्युटर ईन्जिनियरिङ् पर्दै गरेकी बताएकी छिन्। गुरुङले तिमीले किन मेकअप नलगाएको भनेर सोधिन्। उनि अक्मकिदै भनिन् मलाई खासै मेकअप गर्न आउदैन। फेरी गुरुङ ले सोधिन्:”एंड यु आर रेडी टु जोइन?” फेरी सहभागीले भनिन्:” आई विल लर्न ” यति भन्न नपाउदै गुरुङले भनिन्:”यु विल लर्न? यु नो वहाट दिस इज २१ सेनचुरी वोर्ल्ड इज इन युअर पाल्म, एट लिस्ट वेअर मेकअप एण्ड कम, दिस इज डिस-रेस्पेक्टीङ अस” ।त्यसपछि उनले कनट्याक्ट लेन्स लगाई किन चस्मा लागएको भनेर सोधिन। सहभगीले भनिन बाइकमा आउनु परेकोले चस्मा सजिलो भएर चस्मा लगेर आएको भनिन् । गुरुङको यो अभिव्यक्तिले अहिले सामाजिक संजालमा चर्को आलोचना भएको छ।

उक्त भिडियो हेर्नुस: