Phone: +977 - 9841338823
Connect with us:

वरुण धवनकी प्रेमिकालाई मार्ने धम्की !!

मुम्बइ, चैत २४
वरुण धवनकी प्रेमिकालाई मार्ने धम्की !!

बलिउड सुपर स्टारको जिन्दगी बाहिरबाट हेर्दा जति सुख, खुसी र सजिलो देखिन्छ त्यति सजिलो नभएको धेरै अभिनेता र अभिनेत्रीहरुले बताउदै आएका छन्।

लाखौ, करोडौं दर्शकमाज आफ्नो कलाकारिता, आफ्नो छाप छोड्न निकै गाह्रो रहेको बताउछन्। अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार, गोविन्द जस्ता कलाकारहरु आफु त्यो उचाईमा पुग्न निकै मेहनत, परिश्रम, संघर्ष गरेका कथाहरु सुनाउँदै आएका छन्।

अहिले उनीहरुको त्यो मेहनत, परिश्रम र संघर्षको फल प्राप्त गरेका छन्। उनीहरुलाई लाखौं करोडौं दर्शकहरुले मन पराएका छन्। तर, कहिले कहिँ यही स्टारडमका कारण यी फिल्म स्टारहरुले कठिनाईको सामना पनि गर्नुपरेकाे खबर समाचारमा छाउने गर्दछ।

अहिले त्यस्तै कठिनाईबाट बलिउड अभिनेता वरुण धवन गुज्रीएकाे बलिउडमा चर्चा छ। एक महिला फ्यानले वरुण धवनकी प्रेमिकालाई खुलेआम मार्ने धम्की दिएकाे भारतीय संचारमाध्यमले जनाएकाछन्।

स्रोतका अनुसार एक फ्यान वरुणको घर आगाडी उनलाई भेट्ने इच्छामा कुरेर बसिराखेकी थिइन्। तर वरुणलाई भेट्न नपाएपछि रिसमा उनले वरुणकी प्रेमिका नताशा दलाललाई मार्ने धम्की दिएकी थिइन्।

वरुण अहिले उनको नयाँ चलचित्र कलंकको प्रमोशनमा व्यस्त छन्। जब वरुणलाई भेट्न फ्यान पुगिन त्यस बेला उनी प्रमोसनमा व्यस्त थिए।

घण्टाैँसम्म कुर्दा पनि वरुणलाई भेट्न नपाएपछि उनकाे पाराे चढ्याे, जसका कारण उनी आवेसमा आएर लगातार एउटै कुरा मात्र दाेहोर्याई रहिन, ‘आई विल किल नताशा’।

वरुणको घरमा तयनाथ सुरक्षा गार्डले तत्काल पुलिसलाई खबर गरेको बताइएको छ।

अहिले उनिबिरुद्ध वरुणले उजुरी गरेको भारतीय संचार मध्यमले बताएका छन्। कलंकको रिलिज नजिकै यस्तो घटनाले वरुणको फिल्मी क्यारियरमा कतिको असर पुर्याउला भन्ने जिज्ञासाकाे उत्तर आउदाे दिनमा हेर्न बाकी नै छ।

अभिषेक वेर्मनद्वारा निर्मित मल्टि-कास्ट फिल्म कलंक आउदो अप्रिल १७मा रिलिज हुदैछ। (एजेन्सीको सहयोगमा )

07/04/2019, 05: 20: 17 मा प्रकाशित
94 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]