शंकर र अम्बे ग्रुपको संयुक्त प्रयासमा बजारमा आयो रिद्धिसिद्धि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २४

शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा हेटौँडाबाट उत्पादित रिद्धिसिद्धि सिमेन्ट आइतबारदेखि बजारमा आएको छ।

उद्योग व्यवस्थापनले आइतबार पत्रकार सम्मेलन गरी सम्भवत् नेपालकै अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्ट बजारमा ल्याइएको जानकारी गराएको हो।

सो सिमेन्ट उत्पादनमा रोबोटले ल्याब टेस्ट र गुणस्तरको मापन गर्दछ। लेजर सिल प्याकेजिङ तथा रोबो ल्याव सिस्टमसहित उत्पादित ओपीसी सिमेन्ट सार्वजनिक गरिएको हो।

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल तथा अम्बे ग्रुपका अध्यक्ष शोभाकरहरि न्यौपानेले उक्त सिमेन्ट सार्वजनिक गरे।

अन्य सिमेन्टको तुलनामा रिद्धिसिद्धि सिमेन्ट उत्कृष्ट र फरक भएको सिमेन्टका निर्देशक आनन्द नेपालले जानकारी दिए।
हेटौँडा उपमहानगरपालिकाको रातामाटेमा ४० बिघा क्षेत्रफलमा कम्पनीले प्लान्ट स्थापना गरेको छ।

निबुवाटार र राक्सीराङका खानीबाट चुनढुङ्गा ल्याउने जानकारी कम्पनीका अधिकारीहरुल दिएका छन्।

कम्पनीले दैनिक ३ सय टन सिमेन्ट उत्पादन गर्ने छ। अम्बे ग्रुपका अध्यक्ष न्यौपानेले १० अर्ब स्वदेशी लगानीमा उक्त कम्पनी स्थापना गरिएको जानकारी दिए।