लोडसेडिङ गराउनेहरु फेरि सक्रिय भएः कुलमान घिसिङ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २५

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको आरोप लगाएका छन्।

सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गरे।

विगतमा लामो समयदेखि देशभरीका जनताले लोडसेडिङको चर्को मार खेप्दै आएकोमा सरकारले तत्कालिन अवस्थामा भारतबाट ठूलोे मात्रामा विद्युत आपूर्ति गरेलगत्तै प्राधिकरणको नेतृत्व सम्हाल्दै विद्युत आपूर्तिमा व्यापक सुधार गरेको जस लिन सफल घिसिङले पछिल्लोे समय व्यक्त गरेको अभिव्यक्तिले देशमा पुनः विद्युत आपूर्तिमा कटौति हुन सक्ने सम्भावनाको संकेत दिएकोे छ।

प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उनले पत्रकार समक्ष गुनासोे गरेका थिए।

उनले गैरकानुनी भत्ता बुझेको भनी आफूमाथि निराधार आरोप लगाइएको दाबी गर्दै राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको स्पष्टिकरण दिए।

उनले वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको दाबी गर्दै आफूले लिएको अतिरिक्त भत्ताको बचाउ गरे।

आफ्नो विरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको दाबी गर्दे उनले त्यही तत्वले प्राधिकरणमा युनियनको चुनाव रोक्ने चलखेल गरेको पनि आरोेप लगाए।

प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको भन्दै उनले विगतका एमडी र लोडसेडिङ गराउनेहरुले केहि व्यक्तिलाई परिचालित गरेको आरोप पनि लगाए।