एलजीको अपग्रेड टु डबल डोर रेफ्रिजेरेटर बजारमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २६

नयाँ वर्षको उपलक्ष्यमा ग्राहकको सेवा र सुविधाका लागि एलजी कम्पनीले डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ।

नेपालकै प्रतिष्ठित व्यापारिक ग्रुप चौधरी ग्रुप अन्तरगत सि.जी. इम्पेक्स प्रा.लि. आधिकारिक विक्रेता रहेको एलजी कम्पनीबाट जारी विज्ञप्ति अनुसार, डोेर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसरकोे विशेषतासहितको उच्च प्रविधिले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्दछ।
कम्पनीले उक्त रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी दिने घोषणा पनि गरेको छ।

यस नयाँ वर्षको उपलक्ष्यमा साइड बाइ साइड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहारको व्यवस्था गरेका कम्पनीले जनाएको छ।