रसुवागढी,सान्जेन जलविद्युत् आयोजनाको शेयर बैशाख पहिलो साताबाट

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ चैत्र २६

रसुवागढी जलविद्युत आयोजना, माथिल्लो सान्जेन र सान्जेन गरी १६८ मेगावट जलविद्युत् आयोजनामा पुँजी जुटाउन बैशाख पहिलो साताबाट सर्वसाधरणका लागि शेयर खुलाइने भएको छ ।

ऊर्जा मन्त्रालयले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे मन्त्रीस्तरीय बैठकबाट हालै मात्र जनताको जलविद्युत आयोजना अन्तर्गत पारिएका यी दुई आयोजनाको लागि आगामी बैशाख ६ देखि १० गतेसम्म शेयर आवेदन खुल्ला गर्ने जानकारी दिएका हुन् ।

दुबै आयोजनामा सर्वसाधरणको १५–१५ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ । स्थानीयले छूट्टाइएको १० प्रतिशत र सर्वसाधरणलाई छुट्टाइको १५ प्रतिशतबाहेक अन्य ७५ प्रशति शेयर यसअघि नै आयोजनाले उठाइसकेको छ । स्थानीयको लागि सान्जेनमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरका ५४ लाख ७५ हजार कित्ता शेयर छुट्टाइएको छ ।

त्यस्तै, रसुवागढी आयोजनामा एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधरणको लागि छुट्टाइएको छ । रसुवागढीबाट १११ मेगावाट, सान्जेनबाट ५७ मेगावाट विद्युत् उत्पादन गर्न लक्ष्य राखिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए । दुबै आयोजनामा मन्त्रिपरिषद्का सबै सदस्यहरुले सेयर भर्ने प्रतिबद्धता जनाएको मन्त्री पुनको भनाइ छ ।

न्यूनतम ५० देखि अधिकतम पाँच हजार कित्ता शेयर भर्न पाइने व्यवस्था गरिएको छ । यसअघि माथिल्लो त्रिशूली थ्री ’बी’मा १० प्रतिशत रकमले अर्थात १०० रुपैयाँ शेयरको लागि १० रुपैयाँले बुकिङ गर्न पाइने व्यवस्था गरिएकोमा यसमा भने त्यस्तो व्यवस्था गरिएको छैन । दुवै आयोजनाको ५० प्रतिशतभन्दा बढी प्रगति भएको कारण शतप्रतिशत रकम नै बुझाउनु पर्ने व्यवस्था गरिएको हो । सान्जेनमा अहिलेसम्म ७७ प्रतितश भौतिक प्रगति भएको छ भने रसुवागढीमा ७० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । २०७६ साल फागुन सातगतेबाट उत्पादन सुरु गर्ने गरी आयोनाको काम गरिएको मन्त्रालयले जनाएको छ ।