प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो भोलिदेखि राजधानीमा सुरु हुँदै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २७

दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ भोलिदेखि राजधानीमा सुरु हुने भएको छ।

नेपाल फोटो पत्रकार महासंघ र नेपाल मुद्रण उद्योग महासंघको आयोजना तथा मेसे इण्डिया तथा इआरएम भारतको सहआयोजनामा यही चैत २८ देखि ३० गतेसम्म उक्त एक्स्पो राजधानीको टुंडिखेलमा हुनलागेको हो।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलोपटक अत्याधुनिक नयाँ प्रविधियुक्त सञ्चार प्रविधिका साथै फोटोग्राफी र छापाखानासम्बन्धी नयाँ प्रविधिबारे जानकारी गराउन उक्त सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो।

एक्स्पो संयोजक एवं नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले एक्स्पोमा जापान, भारत, चीन, सिङ्गापुर, अमेरिका, जर्मनी, कोरियालगायत १० मुलुकका प्रविधि उत्पादक कम्पनीको सहभागिता रहने जानकारी दिए।

नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कर गौतमले फोटो र प्रिन्टबीच सम्बन्ध स्थापना गर्न तीन दिनसम्म चल्ने एक्स्पोको निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको बताए।

टुँडिखेलमा आयोजना हुने मेला बिहान १० देखि साँझ ५ बजेसम्म चल्नेछ।