टिसीएल बन्यो विश्वकै दोस्रो ठूलो ब्राण्ड

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

इलोक्ट्रोनिक्सको दुनियामा टिसीएल ब्राण्ड विश्वकै दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ।

नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई आइएचएसबाट प्रमाणीत गरिएको टिसीएलको नेपालमा आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तरगतको सी.जी. कम्पनीले जनाएको छ।

टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनको रुपमा प्रख्यात रहेको सी.जी.को दाबी छ।

छोटो समयमा नै नेपाली बजारमा टिसीएल ब्राण्डले लोकप्रियता हासिल गर्न सफल समेत भएको छ।

बजारमा २० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र ननस्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल व्राण्डले नेपालमा गुगल एन्ड्रोएड टिभी पनि भित्राएको छ।

ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको टिसीएल व्राण्डले आफ्ना टिभीहरुमा ३ वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी ग्राहकलाई प्रदान गर्दै आएको छ।

स्मार्ट टिभी भन्नाले के हो?

स्मार्ट टिभीको उत्पादन ९० को दशकमा भएको पाईन्छ तर, स्मार्र्ट टिभी के हो भनि अहिलेसम्म कसैले व्याख्या गरेका भने देखिदैन। टिभीमा इन्टरनेटको प्रयोग गर्न मिल्ने र विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो।

जति जति नया स्मार्ट टिभीहरु उत्पादन हुन्छन्, त्यती नै नयाँ टिभीका एप्लिकेशनहरुमा विकसित भएर आएका हुन्छन्। त्यसैले टिभीको स्मार्ट विशेषताहरु पनि विभिन्न भर्सनमा आउने गर्दछन्।

स्मार्ट टिभीमा हुनु पर्ने विषेशताहरु?

_टिभी ब्राउजर जसबाट विश्वका कुनै पनि वेभसाइटहरुमा सहज पहुँच होस्।
– विभिन्न एप्लिकेशनहरु चलाउन मिल्ने जस्तैः फेसबुक, युटुव आदि।
– इन्टरनेट को प्रयोग गरी विश्वमा विभिन्न सामाजीक सञ्जालहरु पनि सहज तरिकाले चलाउन मिल्ने।
– स्मार्ट डिभाइसहरुसँग स्मार्ट सेयरिङकोे विकल्प हुनु पर्ने।