यी व्यवसायीलाई कर बुझाउन कर कार्यालयले दियो १५ दिने अल्टिमेटम

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत २९

आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वक्यौता कर रकम दाखिला नगर्ने करदातालाई १५ दिनभित्र दाखिला गर्नु पर्ने रकम बुझाउन सार्वजनिक सूचना जारी गरेको छ।

आन्तरिक राजस्व विभाग अन्तरगत आन्तरिक राजस्व कार्यालय, पुतली सडकले शुक्रबार एक सार्वजनिक सूचना जारी गरी पटक पटक फोन सम्पर्क र पत्राचार गर्दा पनि त्यी करदाताहरुले वक्यौता रकम नबुझाएको भन्दै सम्बन्धित कम्पनी र कम्पनीका संचालकहरुको नाममा १५ दिने सूचना जारी गरेको हो।

यसरी सार्वजनिक सूचनामा नाम रहेका कम्पनी र कम्पनीका संचालकहरुले अबको १५ दिनभित्र बुझाउन बाँकी बक्यौता बुझाउन र यदि बुझाइसकेको भए सो को प्रमाणसहित कार्यालयमा जानकारी गराउन पनि भनेको छ। अन्यथा आन्तरिक राजस्व कार्यालय प्रचलित ऐनको व्यवस्था बमोजिम प्रक्रिया अपनाई बक्यौता रकम असुल उपर गरिने समेत बताएको छ।

यसरी १३५ कम्पनी र व्यक्तिको नाममा तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य तथा नेपाल विकास बैंका सञ्चालक उत्तमबहादुर पुन, एबिसी मिडिया ग्रुप प्रा. लिका संचालक शुभशंकर कँडेल, निर्माण व्यवसायी महांसंघका अध्यक्ष रवि सिंह लगायतको नाम सूचनामा समावेश गरिएको छ।

सूचिः