सुन भनेर फलाम बेच्ने पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ बैशाख ३,२०७६

सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन् । महानगरिय प्रहरी परिसर काठमाडौंले मंगलबार काठमाडौंमा पत्रका सम्मेलन गर्दे एक व्यक्तिको उजुरीको आधारमा चारैजनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरुले काठमाडौँका राजेश विकलाई आधा किलो सुन सस्तोमा दिने भन्दै १९ लाख नगद बुझेका थिए । सुनको गहना राख्ने रातो प्याकेट घर गई खोल्दा फलाम देखेपछि विकले ठगिएको भन्दै उजुरी गरेका थिए । त्यस्तै डलर साटने भनि ठगी गर्न र लुटने ३ जना गिरोह पक्राउ गरेको प्रहरीले जनाएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरिक्षक होविन्द्र वोगटीले जानकारी दिए ।

त्यस्तै बिभिन्न स्थानमा चोरी गर्ने दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिभिन्न स्थानहरुमा चोरी, लुटपाट र पाकेटमारी गर्ने ३ जना भारतीय नागरिकलाइ पनि पक्राउ गरिएको परिसरले जनाएको छ ।