भारतमा प्रतिबन्ध पश्चात, नेपालमा पनि टिक-टकको भविष्य खतरामा!!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ, बैशाख ४

अहिले सर्बत्र चलेको लोकप्रिय एप्स टिक-टक भारतमा प्रतिबन्ध लगाइएको छ।

टिक-टकमा लगाइएको प्रतिबन्धले यसका प्रयोगकर्ताहरुलाई भने निकै ठुलो झट्का लागेको छ। सन् २०१९ अप्रिल १६ बाट लागु हुनेगरी भारतीय सरकारले टिक-टकमा प्रतिबन्ध लगाएकाे थियो।

त्यस्तै भारतीय सरकारले गुगल कम्पनी र एप्पल कम्पनीलाई पनि आफ्नो प्ले-स्टोर र एप्प-स्टोरबाट टिक-टक एप्स हटाउन आग्रह गरेका थियाे। अहिले गुगल र एप्पलले भारतमा टिक-टक एप्स डाउनलोडमा रोक लगाएको छ।

टिक-टक पछिल्लो केहि समय यता युवाहरूमा निकै नै लोकप्रिय भएको थियो। चिनिँयाको कम्पनी बाइट-डान्सद्वारा निर्मित यस एप्स मार्फत प्रयोगकर्ताले छाेटाे भिडियो बनाएर आफ्ना साथीहरुमाझ सियर गर्न सकिन्छ। स्पेशल फिचरहरु भएका कारणले भिडियो खिच्न र एडिट गर्न निकै सजिलो छ। एक तथ्याङ्कका अनुसार, भारतमा ५४ लाख मासिक सक्रिय प्रयोगकर्ता भेटिएको छ।

सन् २०१९ अप्रिल १४ तारिकमा भारतको मद्रास हाई कोर्टले केन्द्रिय सरकारलाई टिक-टक प्रतिबन्ध लगाउन आदेश दिएको थियो।

कोर्टका अनुसार टिक-टकले भारतीय समाजमा बिकृति र अश्लीलता फैलाएको निष्कर्ष निकालेको थियो। टिक-टकले युवा वर्गमा नकारात्मक प्रभाव पारेको र यसबाट धेरै साईबर क्राईमका घटना बढेको दाबी गरिएकाे छ।

कोर्टले टिक-टक मार्फत धेरै पेडोफाइलका घटनाहरु पनि बढ्दै गएको आरोप लगाएको थियो। तर, सुप्रिम कोर्टले भने अप्रिल १४ मद्रास हाई कोर्टको आदेशमाथि भने रोक लगाएको थियो।

पछिल्लो समय भारतमा टिकटकका कारण निकै समस्या उत्पन्न भएको थियो। धेरै युवाहरुले भिडियो खिच्दा अकालमा ज्यान गुमाएका घटनाहरु सार्बजनिक भएका छन्।

दुई दिन अघि मात्र दिल्लीमा एक युवकले आफ्नो भिडियो खिच्दा ज्यान गुमाएकाे भारतीय संचार माध्यमले जनाएका छन्। पिस्तोल लिएर भिडियो खिच्दा १९ वर्षीय सलमानले गल्तीबस पिस्तोलको ट्रिगर थिचेपछि गाेली लागेर उनकाे ज्यान गएको बताइएकाे छ।

त्यसैगरी गत वर्ष डिसेम्बरमा मात्र तमिल-नाडू प्रदेशको हेल्प-लाइन मार्फत टिकटक सम्बन्धि ३६ उजुरी पारेको थियो, जसमा मुख्यतः ह्यारेस गरेको, धम्की दिएको आराेपका घटना बढि रहेका छन्।

टिक-टक मार्फत वेश्यवृद्दिको प्रचारप्रसार गर्दै आएको पनि भेटिएको पनि समाचारमा उल्लेख छ। मनोरंजनका लागि खोलिएको टिक-टक बिकृतितिर बढी बढेपछि भारतमा यसकाे प्रयाेगमा प्रतिबन्ध लगाइएकाे हाे।

विभिन्न देश,ठाउँमा बिकृति बढाएको आरोप खेप्दै आएको टिक-टकको भविष्य के होला? यसअघि भारतमा पब-जी काे प्रयाेगमा निषेध गरेपछि हालसालै नेपालमा पनि त्यसमाथि प्रतिबन्ध लगाइएकाे थियाे। अहिले फेरी भारतले टिक-टकमाथि लगाएको प्रतिबन्धको असर नेपालमा पनि नपर्ला भन्न नसकिएला?

(एजेन्सीहरुको सयोगमा)