विवेकशीलका उज्जल ललिता निवासमा झण्डा गाड्न पुगेपछि …

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ, बैशाख ४

बालुवाटारको ललिता निवासमा झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका १५ भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सार्वजनिक जग्गालाई भूमाफियाहरुले नीजि जग्गाको रूपमा दर्ता गरेको विरोधमा विवेकशील नेपाली दलले बुधबार ललिता निजी जगामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम तय गरेको थियो ।

झण्डा गाड्ने कार्यक्रमअनुसार बालुवाटारस्थित सभामुख निवास नजिकै सुवर्ण शमशेर मार्गमा जम्मा भएका प्रदर्शनकारीहरूलाई प्रहरीले निण्न्त्रणमा लिएको लिएको हो । भ्रष्टाचारीलाई प्रश्रय दिनबाट रोक्ने भन्दै उनीहरु विरोध प्रदर्शन सहित बालुवाटार पुगेका थिए ।

विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापाले सार्वजनिक जग्गालाइ भूमाफियाहरुबाट फिर्ता ल्याउनका लागी दबाबमुलक कार्यक्रमको आयोजना गरिएको बताए ।