पोखरामा डेटोनेटर फेला, डिस्पोजका क्रममा एक सेना जवान घाइते

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ बैशाख ५

पोखराको प्रदेशसभा भवन अगाडीको सडकमा डेटोनेटर डिस्पोज गर्ने क्रममा नेपाली सेनाका नायक घाइते भएका छन्।

आज बिहान पोखरा नदीपुर स्थित प्रदेश सभाको बाटो अगाडी कागजको डल्लो बेरेर राखेको शंकास्पद अवस्थामा एक डेटोनेटर भेटिएको थियो।

नेपाली सेनाको टोलीले उक्त डेटोनेटर डिस्पोज गर्ने क्रममा कालिभञ्जन गणका सेना नायक धर्मबहादुर थापा घाइते भएका छन् स्थानीय प्रशासनले जनाएकाे छ।

उनको हातमा चोट लागेको र अहिले उपचारका लागि थापालाई फिस्टेल अस्पताल लागिएको कास्की प्रहरीले जानकारी दिएको छ।