दोस्रो चरणमा ९५ सिटमा मतदान सुरुः देवेगौडा, फारुक अब्दुल्ला, हेमा मालिनीदेखि राजबब्बरको भविश्य के होला?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ५

भारतमा जारी लोकसभा चुनावको दोश्रो चरणमा ११ राज्य र केन्द्र शासित पण्डीचरीसहित ९५ सिटका लागि बिहीबार मतदान सुरु भएको छ।

भारतयि निर्वाचन आयोेगले ९७ सिटका लागि निर्वाचन गराउने भनि तय गरेको पूर्व तालिका भएपनि तामिलनाडु र त्रिपुरामा एक एक सिटमा निर्वाचन स्थगित भएपछि ९५ स्थानका लागि मतदाताहरुले मतदान गरिरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, अहिले बिहान ९ बजेसम्म १ प्रतिशत मत खसेको छ।

यसैबीच भारतीय चर्चित अभिनेता रजनीकान्तले बिहानै स्टेला मेरिज कलेजस्थित मतदान केन्द्रमा पुगी सर्वसाधारण सरह लाइनमा बसेर मतदान गरेका छन्।

तमिलनाडुमा क्षेत्रीय दल खोलेर राजनीतिमा उत्रिएका रजनीकान्त लोकसभा निर्वाचनको मैदानमा उत्रन सक्ने सम्भावनालाई चिर्दै उनी कुनै पनि क्षेत्रबाट उम्मेदवारी मात्र दिएनन् अहिलेसम्म आफ्नो दलको समर्थन कुन दललाई दिने भन्ने समेत कुनै जानकारी बाहिर दिएका छैनन्।
तर, अर्का अभिनेता कमल हसन भने चुनावी मैदानमा उत्रिएका छन्।

यसैगरी पूर्व मुख्यमन्त्री जय ललिता र करुणानीधि भने यसपटक चुनावी मैदानमा उत्रिएका छैनन्।

आज भइरहेको चुनावमा १५.७९ करोड मतदाताले १६ सय २९ उम्मेदवारमध्ये ९५ जनाको भविश्य निधारण गर्ने छन्। जसका लागि निर्वाचन आयोगले १ लाख ८१ हजार मतदान केन्द्र तय गरेकोे छ।

भारतीय संचारमाध्यमका अनुसार, ५ राज्यका ६८ सिटमा एनडीए र यूपीएबीच प्रतिस्पर्धा भइरहेको छ भने ३ राज्यका ९ सिटमा भने भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेसबीच कडा प्रतिस्पर्धा हुनेछ।

आजको चुनावमा भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा कर्नाटकको तुमकुर निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्। देवेगौडाका नाती प्रज्जवल रेवेन्न हासन र निखिल गौडा मांड्याबाट उम्मेदवार बनेका छन्।

त्यसैगरी भारतीय अभिनत्री हेमा मालिनी पनि उत्तरप्रदेशको मथुराबाट भाजपाको टिकटमा चुनावी मैदानमा उत्रिएकी छिन् भने अभिनेता राजबब्बर फत्तेहपुरबाट कांग्रेसको टिकटमा चुनावी मैदानमा उत्रिएका छन्।

उता जम्मु कश्मिरको दुई मध्ये एक सिटमा चर्चित नेता तथा नेश्नल कन्फ्रेन्सका प्रमुख फारुक अब्दुल्ला श्रीनरगबाट चुनावी मैदानमा उत्रिएका छन्।

(फाेटाेः भारतीय संचारमाध्यम)