रसुवागढी र सान्जेनको साधारण सेयर खुल्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ ६ वैशाख

शुक्रबारदेखि रसुवागढी र सान्जेनको साधारण सेयर (आइपीओ) खुल्ला गरिएको छ । शुक्रबार उर्जामन्त्रालयमा सभामुख कृष्णबहादुर महरा र उर्जामन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको सेयर गर्दे आइपीओ खुल्ला गरिएको हो ।

सभामुख महरा र उर्जामन्त्री पुनले रसुवागढीमा १ हजार कित्ता र सान्जेनमा ५ सय कित्ता आवेदन दिनुभएको थियो । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो ।

जस मध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

त्यस्तै सान्जेंन जलविद्युत कम्पनी लिमिटेडले ५४ करोड ७५ लाख बराबरको ७४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि र ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

बाँकि रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कार्यक्रममा सभामुख महराले नेपालमा जलविधुत आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्नका लागी जनताको प्रत्यक्ष सहभागीता महत्वपूर्ण भएको बताए।

यसअघि जनताको जलविद्युत् अन्तर्गत आइपीओ जारी भएको त्रिशुली जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री पुन लगायतले आवेदन दिएका थिए । उर्जा मन्त्रालयले सुरु गरेको यो अभियानले सवै नेपालीलाई जलविद्युतको शेयरधनी बनाउने लक्ष्य राखिएको छ ।