श्रीलंकाको चर्च र होटलमा श्रृंखलाबद्ध बम विष्फोटन, करिब ५२ को मृत्यु ३ सय घाइते

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

श्रीलंकमा आइतबार बिहान चर्च र आलिसान होटलमा ६ वटा श्रृंखलाबद्ध बम विष्फोटन हुँदा कम्तिमा ५२ जना सर्वसाधारणको मृत्यु भएको छ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार, आइतबार बिहान क्रिश्चियन धर्मावलम्बीहरुको चाड इस्टर मनाउन सर्वसधारण भेला भइरहेकाबेला राजधानी कोलम्बोस्थित एक चर्चका अतिरिक्त तीन चर्च र तीन भव्य होटलमा श्रृंखलाबद्ध बम विष्फोेट भएको थियो।

जसमा कम्तिमा २० जनाको मृत्यु हुनुका साथ झण्डै ३ सयको हाराहारीमा घाइते भएको कोलम्बो नेशनल हस्पिटल प्रशासनलाई उद्रित गर्दै समाचार एजेन्सीहरुले बताएका छन्।

समाचारमा बताइए अनुसार, कोलम्बोस्थित कोछिकड शरहको सेन्ट एन्टोनी चर्चमा एउटा तथा नेगोंबोस्थित कतुवापितियाको र्चचमा अर्को र बाटीकोलास्थित चर्चमा बम विष्फोटन भएको थियो।

यसैगरी दुई वटा बम सांग्रीला होटल र किंग्सवरी होटलमा लक्षित गरी विष्फोटन गराइएको बताइएको छ।

अहिलेसम्म उक्त हमलाको कुनै पनि संस्था वा व्यक्तिले जिम्मा लिएको छैन।