राष्ट्रपतिद्धारा संघीय संसदको अधिवेशन वैशाख १६ गतेका लागि आब्हान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ८

राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेदेखि सुरु हुनेगरी आब्हान गरेकीछिन्।

राष्ट्रपति कार्यालयबाट आइतबार जारी विज्ञप्ति अनुसार, संविधानको धारा ९३ को उपधारा १ बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन वैशाख १६ गते अपरान्ह ४ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेगरी आब्हान गरिएको हो।

संसदीय अभ्यास र परम्परा अनुसार, संसदको यो अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ जसमा सरकारले आगामी आर्थिक वर्ष पेश गर्ने वार्षिक बजेटको प्रारम्भिक खाका स्वरुप राष्ट्रपति मार्फत सरकारको नीति तथा कार्यक्रम पेश गरिने गरिन्छ।

वैशाख ११ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारी चीन भ्रमणबाट फर्किए लगत्तै वैशाखको तेस्रो साता सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त सदनमा पेश गर्ने तयारी सरकार र संसद सचिवालयले गरिरहेका छन्।

त्यसपछि संसदमा सोही नीति तथा कार्यक्रममा आधारित सरकारको वार्षिक बजेटका विषयवस्तुमा केन्द्रीत प्रिबजेट छलफल हुने छ। यसरी संसदमा भएको छलफल र सुझावहरुलाई समेटी सरकारका अर्थमन्त्रीले जेठ १५ गते ेसंसदमा वार्षिक आय÷व्यय तथा आगामी आर्थिक वर्षको अनुमानित बजेट पेश गर्ने छन्।