श्रीलंकामा फेरी दुई ठाउँमा बम विष्फोटन, मर्ने संख्या १८५ पुग्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ८

श्रीलंकामा आइतबार आठ ठाउँमा श्रृंखलाबद्ध बम विष्फोटन भएको छ। बिहान करिब आठ बजे छ ठाउँमा श्रृंखलाबद्ध बम विष्फोटन भएको र फेरी करिब दुई बजेतिर थप दुई ठाउँमा पुनः बम विष्फोटन भएको अन्तर्राष्ट्रिय संचार मध्यमले बताएका छन्।

पहिलो छ बिस्फोटन कोलोम्बो र कोलम्बो बाहिर गरी तीन तीनवटा चर्च र तीन तारे होटलमा एक पछि अर्को गरेर बिस्फोटन गराइएको थियो। अपरान्ह थप दुई ठाउँ बम विष्फोटन भएपछि आर्थिक रुपले जर्जर राजनीतिक रुपमा अस्थिर अवस्थामा रहेको श्रीलंकामा नागरिकहरु भयको वातावरणमा जीउन बाध्य भएका छन्। पछिल्लो जानकारी अनुसार अहिलेसम्म १८५ जनाको बम विष्फोटनमा मृत्यु भएको छ भने सयौँ जना घाइते भएका छन्।

पहिलो बिस्फोटनको बिस्तृत जानकारी नआउँदै फेरी थप दुई ठाउँमा बिस्फोटन भएपछि श्रीलंकामा वातावरण निकै त्रसित रहेको संचार मध्यमले जनाएको छ। श्रीलंकाको सरकारले पछिल्लो बम धमाकापछि कर्फ्यु आदेश जारी गरेको छ।

श्रीलंकाको चर्च र होटलमा श्रृंखलाबद्ध बम विष्फोटन, करिब ५२ को मृत्यु ३ सय घाइते

त्यस्तै सामाजिक संजालहरु पनि अहिले त्यहाँ बन्द गर्न आदेश दिएको छ। पुलिसले अहिलेसम्म मृत्यु हुनेमा ३५ जना बिदेशी भएको पुष्टी गरेको छ। यस्तो योजनाबद्ध तरिकाले एकपछि अर्को गरी ८ बम बिस्फोटन भए पनि अहिले सम्म कुनै आतंकबादी समूहले त्यसकोे जिम्मा भने लिएका छैनन्। श्रींलकन सरकारका प्रधानमन्त्री विक्रमासिंगेले घटनाको आधिकारिक पूष्टि विना समाजमा नकारात्मक प्रभाव पर्नेगरी अनुमानका भरमा अफवाह नफैलाउन आग्रह गरेका छन्।