२१ मिलियन जनसंख्या भएको श्रीलंकामा राष्ट्रपति ट्रम्पले १३८ मिलियनको मृत्यु भनेपछि…

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ८

प्रायःजसो विवादस्पद अभिव्यक्ति दिएर चर्चामा छाइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम विष्फोटनको निन्दा गर्न गरेको ट्वीटमा गम्भिर गल्ति गरेपछि अमेरिकी संचारमाध्यममा पुनः चर्चाको केन्द्रमा रहन पुगे।

श्रीलंकामा भएको आतंककारी बम विष्फोटनमा परि १३८ जना सर्वसाधारणको मृत्यु भएको समाचार प्रकासित भएलगत्तै अमेरिक जनता र अमेरिकी सरकारको तर्फबाट हार्दिक समवेदना प्रकट गर्न राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा १३८ मिलियन सर्वसाधारणको मृत्यु भएको भनि लेखेका छन्।

उनले आफ्नो ट्वीटरमा यसरी गम्भिर गल्ती गरी श्रीलंकाको चर्च र पाँचतारे होटलमा भएको घटनामा मर्नेको संख्या श्रीलंकाको जनसंख्या भन्दा पनि कैयन गुणा बढि उल्लेख गरेपछि उनको उक्त ट्वीटबारे आलोचनात्मक समाचार लेखिएको छ।

पछिल्लो जानकारी अनुसार, श्रीलंकाको ८ वटा बम विष्फोटनमा १८५ जनाको ज्यान गएको र सयौं घाइते भएको बताइएको छ।
राष्ट्रपति ट्रम्पले आफूले ट्वीट गर्दा गरेको गल्ती त्यसको केहि बेरपछि पत्तो पाएलगत्तै अहिले उनले आफ्नो उक्त ट्वीटमा लेखिएको मिलियन शब्द हटाएर सच्याए पनि आफूले गरेको गल्तिबारे केहि बोलेका छैनन्।