महाधिवेशनको भाखा सारेको सार्यै राजपा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ८

मधेस केन्द्रीय दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन भएको दुई वर्ष वितिसक्दा पनि विधिवत महाधिवेशन गरी नेतृत्व चयनमा असफल बन्दै गएपछि पुनः महाधिवेशनको भाखा सार्ने तयारीमा रहेको छ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार महाधिवेशन गर्न असफल भएको राजपा नेतृत्वले महाधिवशेनको नयाँ मिति तय गर्न आन्तरिक छलफल सुरु गरेको हो। आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजपा पदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति र साइत खोज्ने प्रयास भएको छ।

बैठकको पहिलो दिन आइतबार राजपाबाट निर्वाचित महोत्तरी जिल्लो पिपरा गाउँपालिकाका अध्यक्ष बिनोदकुमार चौधरीको निधनप्रति दुख व्यक्त गर्देे शोक प्रस्ताव पारित गरिएको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए। यादवले पार्टीको नयाँ संरचना निर्माणका लागि महाधिवेशन केहि पर धकेलिएको भन्दै अन्यथा लिन नहुने धारणा पनि राखे।

यादवले वर्तमान सरकार पुरातनवादी चिन्तनबाट ग्रसित देखिएको भन्दै आफुहरुको माग पुरा गर्नका लागि नयाँ शक्ति निर्माणमा जुटेको पनि जानकारी दिए। राजपाले असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी तयारी अघि बढाएको छ।

यसअघि वैशाख ७ महाधिवेशन गर्ने निर्णय भएको थियो। तर, बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित जनताको उद्धारमा खट्नुपर्ने भएकाले तोकिएको समयमै अधिवेशन गर्न नसकेको राजपाको भनाइ छ। ६ मधेसवादी दल मिलेर राजपा बनेको दुई वर्ष पूरा भइसकेको छ तर, अहिलेसम्म एकता अधिवेशन गर्न सकेको छैन। तीन दिनसम्म चल्ने बैठक सोमबार पुनः दिउसो १ बजेका लागी बोलाइएको छ।