तारा एयरको जहाज रामेछापमा चिप्लिँदा ठूलो दुर्घटना हुनबाट जोगियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख ९

तारा एयरको जहाज रामेछापमा दुर्घटनाग्रस्थ भएको छ।

सोमबार बिहान रामेछापको मन्थली विमानस्थलबाट यात्रु लिएर उड्न सोलुको फाप्लुका लागि उड्न लागेकोे तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्थ भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

खराब मौसमका कारण जहाज दुर्घनामा परेपनि मानविय क्षति भने नभएको बताइएको छ।