Phone: +977 - 9841338823
Connect with us:

५६ इन्चको छाती र ढाई किलोको हात लिएर सन्नी देवल भाजपामा

हिमाल दैनिक
काठमाडौँ बैशाक १०
५६ इन्चको छाती र ढाई किलोको हात लिएर सन्नी देवल भाजपामा

भारतीय चर्चित अभिनेता सन्नी देवललाई जो कोहिले चिन्छ उसले उनको नाम भन्दा पहिले उनले भन्ने चर्चित डाइलग सम्झिन्छ। सन्नी देवल अर्थात, नेपालीमा ‘५६ इन्चको छाती र ढाई किलोेको हात’।

उनै सन्नी देवल एकाएक त्यहि ५६ इन्चको छाती र ढाई किलोको हात लिएर भारतीय जनता दलको सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। मंगलबार जब उनी नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय रक्षा मन्त्री निर्मला सीथारामनको हातबाट सत्तारुढ भाजपाको सदस्यता लिए त्यसपछि उनी पुनः भारतीय सञ्चारमाध्यममा छाउन पुगे।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सन्नी देवलले भारतमा जारी लोकसभा चुनावमा पञ्जावको गुर्दासपुर निर्वाचन क्षेत्रबाट भाजपाको उम्मेदवार बन्न सक्ने सम्भावना बढेर गएको छ। यद्यपि अहिलेसम्म उनको उम्मेदवारीको विषयमा कुनै औपचारिक घोषणा भने गरिएको छैन।

भाजपाको सदस्यता लिए लगत्तै सन्नी देवलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका लागि धेरै काम गरेकोले उनी भारतीय युवाका लागि अर्को पाँच वर्षसम्म प्रधानमन्त्री पदमा रहिरहरनु भन्ने चाहेको बताए।

सन्नी देवलले आफ्ना पिता धर्मेन्द्रले अटलविहारी बाजपयीलाई सहयोग गरेजस्तै आफूले पनि मोदीलाई सहयोग गर्न चाहेको बताए। भारतीय चलचित्र जगतमा सदाबहार सुन्दरीको रुपमा परिचित हेमामालिनी अर्थात सन्नी देवलकी सौतेनी आमा पनि मथुराबाट भाजपाको उम्मेदवार बनेकी छिन्। उनका पिता धर्मेन्द्र पनि भाजपाको राजनीतिसँग नजिक रहँदै आएका छन्। समाचार स्रोतका अनुसार, सन्नी देवललाई पार्टी प्रवेश गराउनु अघि भाजपा अध्यक्ष अमित शाहले उनीसँग महाराष्ट्रको पुनामा भेटवार्ता गरेका थिए।

23/04/2019, 02: 09: 31 मा प्रकाशित
77 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

बेल्जियन फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका क्याप्टेन विन्सेन्ट कम्पनीले आफ्ना फ्यानलाई ठुलो झट्का दिएका छन्। शनिबार राती भएको एफ ए कप फाइनलमा वाटफर्डलाई ६ सून्य गोल अन्तरले पराजित गर्दै शानदार जित निकाल लगत्तै उनले एकाएक कल्ब छोड्ने घोषणा गरेर आफ्ना समर्थकलाई झट्का दिए। म्यानचेस्टर सिटीले एफ ए कप जीतको खुशीयाली एक दिन पनि मनाउन नपाउँदै […]