Phone: +977 - 9841338823
Connect with us:

अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य राती राती गरिँदै

हिमाल दैनिक
काठमाडौं, वैशाख ११
अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य राती राती गरिँदै

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको मर्मत कार्य तिव्रगतिमा भइरहेको छ।

विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालन गरिँदै आएको विमानस्थलको धावनमार्गको कालोपत्रे पूर्णरुपमा फेरेर नयाँ राख्ने काम चैत १८ गतेदेखि भइरहेको हो।

अहिले रातको समय पारेर धमाधम विमानस्थल कालपत्रे गर्ने काम भइरहेको छ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको बिमानस्थलले जनाएको छ।

झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्न लागिएको होे।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ।

चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रनवेको स्तरोन्नति काम गर्दैछ। धावनमार्गमा कालोेपत्रे र स्तरोन्नति भएपछि यसअघिदखि विमानस्थल व्यवस्थापन समितिले झेल्दै आएको धाँजा फाट्ने समस्या हट्ने दावी प्राधिरकणको छ।

योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइने बताइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले रातभरी काम गरेर बिहान नियमित उडानका लागी रनवे तयारी अवस्थामा राख्ने काम चूनौतिपूर्ण रहेको बताए।

उनले तोकिएको समयमा नै धावनमार्गको मर्मत कार्य सम्पन्न हुने दाबी पनि गरे।

त्यस्तै नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलले बढीमा ९० दिनभित्र काम सकिने लक्ष्य अनुसार काम भईरहेको जानकारी दिए।

प्राधिरकणको योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइनेछ। धावनमार्गको काम सकिएपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ।

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्रे) जिरो टु बाट सुरु भएको छ। विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ।

तर, नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन। विमानस्थलमा अहिले एक सय भन्दा बढि अन्तर्राष्ट्रिय सहित सरदर चारसय उडान हुदै आएको छ।

24/04/2019, 04: 29: 28 मा प्रकाशित
48 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

बेल्जियन फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका क्याप्टेन विन्सेन्ट कम्पनीले आफ्ना फ्यानलाई ठुलो झट्का दिएका छन्। शनिबार राती भएको एफ ए कप फाइनलमा वाटफर्डलाई ६ सून्य गोल अन्तरले पराजित गर्दै शानदार जित निकाल लगत्तै उनले एकाएक कल्ब छोड्ने घोषणा गरेर आफ्ना समर्थकलाई झट्का दिए। म्यानचेस्टर सिटीले एफ ए कप जीतको खुशीयाली एक दिन पनि मनाउन नपाउँदै […]