मनमोहन मेमोरियलमा ब्लड बैंक सञ्चालन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ १३ बैशाख

काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा ब्लड बैंक स्थापना गरिएको छ। २० औं मनमोहन स्मृति दिवसका अवसर पारेर अस्पतालले शुक्रबारबाट ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।

ब्लड बैंकको स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादबले उद्घाटन गरे। मन्त्री यादवले रगतको अभाव हुन नदिन व्लड बैंक स्थापनाको निकै महत्व रहेको धारणा राखे।

त्यस्तै उनले नेपालमा नै प्रयाप्त मेडिकल कलेज नहुदा बिद्यार्थीहरु बिदेशमा वढ्न जाने क्रम बढेको र यसले स्वदेशी पूँजी बाहिरीएको बताए। उनले नेपालको मेडिकल कलेजलाई व्यस्थीत गर्नुपर्ने धारणा पनि राखे।

त्यस्तै मनमोहन अस्पतालका सञ्चालक समिति अध्यक्ष राजेन्द्र पाण्डेले अहिले अस्पताल सम्पूर्ण पूर्वाधार पूर्ण रहेको बताए।

उनले मेडिकल कलेज सञ्चालनका लागी पनि आफुहरु तयार रहेको बताए।