अन्तर स्कूल फुटबल प्रतियोगिताका लागि एन्फा र चौधरी ग्रुपबीच सम्झौता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख १७

नेपाली युवामा सबैभन्दा लोकप्रिय फुटबल खेलको आधारभूत विकासका लागि विद्यालय तहदेखि नै व्यवस्थित गर्ने योजनालाई मूर्तरुप दिन अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुपबीच सम्झौता भएको छ।

एन्फाद्धारा मंगलबार जारी विज्ञप्ति अनुसार, विद्यालय स्तरको फुटबललाई अझ व्यवस्थित गर्दै देशका सबै जिल्लामा जिल्लामा पुर्याउने लक्ष्य लिएको एन्फाले यस वर्ष सातै प्रदेशका ५२ जिल्लामा अन्तर अन्तर स्कूल फुटबल प्रतियोगिता आयोजना गर्ने छ।

देशका ५२ जिल्लास्थित करिब १५ सय स्कूलहरुको सहभागितामा छात्र/छात्रा स्कूल स्तरिय फुटबल प्रतियोगिता सञ्चालन गरी छनौट भएका स्कूलहरुबीच प्रदेश स्तरिय प्रतियोगिता हुनेछ। यसरी प्रदेश तहमा छनौट भएका स्कूलबीच राष्ट्रिय अन्तर स्कूल फुटबल प्रतियोगिता सञ्चालन गर्ने एन्फाले बताएको छ।

जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्मको प्रतियोगिता सञ्चालनका लागि करिब डेढ करोड रुपैयाँ खर्च लाग्ने एन्फाको अनुमान रहेकोमा उक्त खर्च व्यवस्थापनमा चौधरी ग्रुपले सहयोग गर्ने प्रतिबद्धता देखाएपछि एन्फा व्यापारिक समूह चौधरी ग्रुपबीच आजै सम्झौता पत्रमा हस्ताक्षर भएको हो।