भारतमा माओवादी आक्रमण, १६ सुरक्षाकर्मीको हत्या

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौँ बैशाख १८

भारतमा जारी चरणबद्ध लोकसभा निर्वाचनको बिचमा मंगलबार माओवादी आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको निधन भएको छ।

भारतीय संचार माध्यमका अनुसार, महाराष्ट्रको गढ्चिरौलीमा मंगलबार राती माओवादीले आक्रमण गर्दा १६ जना भारतीय प्रहरीको निधन भएको हो।

सी ६० फोर्स कमाण्डका ६० जनाको कमाण्डो टोली माओवादी प्रभावति क्षेत्र छत्तिसगढ नजिकैको स्थानबाट निजी गाडीमा यात्रा गर्दै गर्दा नक्सलवादीहरुले आक्रमण गरेकोे बताइएको छ। उक्त सुरक्षा कमाण्डको गठन भारतमा जारी नक्सलवादी गुरिल्लाविरुद्ध कारबाहीका लागि तयार पारिएको जत्था हो।

उक्त हमला कुरखेडा बाट ६ किलोमिटर पर कोरची मार्गमा पर्ने बताइएको छ। यसअघि उनीहरुले रातीकै समयमा उक्त एरियामा सडक निर्माणका लागि राखिएका दुई गाडीमा आगजनी गरेका थिए। उक्त क्षेत्रमा एप्रील ११ तारिखकै दिन लोकसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ जहाँ ७२ प्रतिशत मतदान भइसकेको छ। उक्त घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत घोर भत्र्सना र निन्दा गरेका छन्।