Phone: +977 - 9841338823
Connect with us:

च्यापियन्स लिगको पहिलो सेमिफाइनल लिगः लिभरपुलविरुद्ध बार्सिलोनाको ३-० ले विजयी

हिमाल दैनिक
काठमाडौं, वैशाख १९
च्यापियन्स लिगको पहिलो सेमिफाइनल लिगः लिभरपुलविरुद्ध बार्सिलोनाको ३-० ले विजयी

च्याम्पियन्स लिग अन्तरगत दोस्रो सेमिफाइनल खेलको पहिलो लिगमा स्पेनिस क्लब बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले हराएको छ।

वार्सिलाको होमग्राउण्ड केपनाउमा बुधबार राती भएको खेलमा विश्च चर्चित खेलाडी लियोनल मेसीले दुई र लुइस् स्वारेजले एक गोल हानेर पहिलो पटक आफ्नो होम ग्राण्डमा लिभरपुललाई हराउन सफल भए।

खेलको २५औं मिनेटमा जोर्डी अल्बाजले डिबक्स बाहिर देब्र कर्नरबाट हानेको बल लिभरपुलका किपरलाई छलाउँदै स्वारेजले दायाँ खुट्टाको सहयताले गोलमा परिणत गर्दै एक शून्यको अग्रता दिलाए।

पहिलो हाफमा १-० को अग्रता लिएको वार्सिलोनाले खेलको दोेस्रो हाफको ७४औं मिनेटमा स्वारेजले हानेको बल टपबारमा ठोक्किएर फर्किएकोमा पोष्ट नजिकै रहेका मेसीले सजिलै पोष्टमा छिराएर २-० को अग्रता दिलाए।

पटक पटक वार्सिलोनाको पोष्टमा गोलको प्रयास गरेको लिभरपुलले गोल फर्कान नसकिरहेकै बेला खेलको ८२औं मिनेटमा पाएको फ्रि किकलाई झण्डै २७ परबाट मेसीले सुन्दर गोल गर्दै ३-० को परिणाम निकाल्न सफल भए।

लिभरपुलविरुद्ध मेसीले दोस्रो गोेल गर्दै आफ्नो टिम वार्सिलोनाका लागि अहिलेसम्म ६ सय गोल पुरा गरे।

यी दुई टिमबीच अब दोेस्रो सेमिफाइनल लिग लिभरपुलको होमग्राण्ड एनफिल्ड मैदानमा मेई ७ तारिखमा हुँदैछ।

02/05/2019, 12: 38: 37 मा प्रकाशित
30 पटक पढीएको

राजनीति

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै पार्टी मुख्यालयमा आफ्नै दलका नेता र पत्रकारको खप्की खान बाध्य भए। संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले संघीय संसदमा मिडिया काउन्सिल विधेयक दर्ता गरेर चौतर्फी आलोचनाको […]

बिचार

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]

प्रवास

म्यान्मारको यात्रुबहाक जहाज अगाडिको ल्याण्डीङ गियरवीनै आइतबार सुरक्षित रुपमा अवतरण भएपछि विश्वभरी चर्चाको विषय बनेको छ। म्यान्मारको राष्ट्रिय ध्वजाबहाक युबि १०३ नम्बरको विमान आइतबार बिहान स्थानीय समय अनुसार ९ः०९ बजे अवतरणको क्रममा अगाडिको ल्याण्डिङ गियरले काम गर्न छोड्दा पनि पछाडिको पाँग्राको भरमा मण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा चमत्कारपूर्ण ढंगले अवतरण गरेको थियो। विमान अवतरणका क्रममा धानवमार्गमा धस्सिएर […]

अन्तर्वार्ता

डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी पूर्व सभासद गायत्री साह र ललितपुरस्थित मेडिसिटी अस्पतालबीच उत्पन्न विवादपछि चिकित्सा क्षेत्रमा नयाँ बसह सुरु भएको छ। फागुन २८ गते मेडिसिटी अस्पतालमा बच्चा जन्माएकी साहको शिशुमा डाउन सिन्ड्रोमको लक्षण देखिएको थियो। अस्पतालले गर्भावस्थामा आवश्यक चेकजाँच र परिक्षण नगरीदिएको कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको अरोप साहले लगाउँदै आएकी छिन्। उनले […]

लोकप्रिय

नेपाली कांग्रेस देशको एउटा पुरानो ऐतिहासिक पार्टी हो। २०७४ को आम चुनावमा कांग्रेस पराजित भयो। एउटा चुनावमा पराजित हुँदैमा कांग्रेस हतास हुने कुरै थिएन। तरपनि किन हो कुन्नी कांग्रेसको पंक्तिमा एकप्रकारको निरासा र हतासा देखियो। तर, अहिले आएर सुस्तरी र क्रमिकरुपले त्यो हतासा र निराशा निर्मूल हुँदै गएको छ। हालै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले राष्ट्रिय […]