बर्ड फ्लुको संक्रमणले काभ्रेका एक युवकको ज्यान लियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, वैशाख १९

पछिल्लो समय नेपालमा बर्ड फ्लु कुखुरा र पंछिहरुमार्फत भित्रिएको खबरले जनमानसमा एउटा त्रास नै फैलाएको छ।

बेला बखतमा उपत्यकाभित्र र बाहिर बर्ड फ्लु संक्रमण र त्रासले पंछि मरेको र मारेको खबर संचारमाध्यममा आउनु नयाँ समाचार बन्न छाडेको छ।

तर, बर्ड फ्लुबाट मानिसको ज्यान भने गएको थिएन। बिहिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी काभ्रेमा एक २१ बर्षिय युवकको ज्यान गएको पुष्टि गरेपछि आम जनमानसमा त्रासले छाएको छ।

मन्त्रालयका अनुसार ज्वरो र खोकीले ग्रसित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि त्यी युवकको चैत्र १५ गते मृत्यु भएको बताइएको छ।

उनको र्‍याल परिक्षणका लागि जापान पठाइएको थियो। परिक्षणको रिपोर्ट बैशाख १७ आएको थियो जसमा उनलाई बर्ड फ्लु भएको पुष्टि भएको होे। अहिलेसम्म ती युबकको परिचय भने खुलाइएको छैन।